काठमाडौँ : सरकारले विश्वासको मत लिने प्रयोजनका लागि आगामी २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएसँगै संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको तयारी तीव्र पारेको छ ।
बैठक बस्नुपूर्व बुधवार प्रतिनिधिसभामा सहभागी हुने सांसद, सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको कोरोना परीक्षण शुरु गरिएको छ । सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बिहीबार पनि स्वाब संकलन गरिने जानकारी दिए । कुनै सांसदलाई कोभिड देखिए मतदानको व्यवस्था कसरी मिलाउने भन्ने विषय पनि चाँडै टुंगो लगाइने छ ।
सचिवालयले बैठकको व्यवस्थापकीय कामलाई समेत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयारी गरेको जनाएको छ । संघीय संविधान जारी भएपछि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिन लागेको यो पहिलो घटना हो ।
संविधानको धारा १ सयको उपधारा १ बमोजिम प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्था छ ।।
Leave a Reply