५० जनाको मृत्यु, ९ हजार १९६ संक्रमित थपिए

 ग्लोबल टिभि           0

काठमाडौँ । नेपालमा कोरोना संक्रमणले थप ५० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ५ सय ७९ पुगेको छ । २४ घण्टामा ९ हजार एक सय ९६ संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा २० हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार २३ जनामा संक्रमण पुष्टि भएको हो यस्तै । चार सय ९५ जनाको एन्टिजेन परीक्षणमा १ सय ७३ संक्रमित पाइएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ९ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *