दोलखा भीमेश्वरको शिलामा पसिना

 ग्लोबल टिभि      शनिबार, बैशाख २५, २०७८      0

डम्वर चौलागाई । दोलखाको प्राचिन, ऐतिहासिक मन्दिर भीमेश्वरको शिलामा पसिना आएको छ । शनिबार मध्याह्न १२ बजेर १५ मिनेटदेखि निरन्तर पसिना आईरहेको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

भीमेश्वरमा पसिना आउँनुलाई परिर्वतन र अनिष्टका पुर्वूसूचकको रुपमा लिइने धार्मीक मान्यता छ । पसिना निरन्तर आइरहेको र अहिले नित्यकर्म भइरहेको श्रेष्ठले ग्लोवललाई जानकारी दिए ।

मन्दिरको शिलामा दायाँ तथा बायाँभागबाट पसिना आइरहेको छ । भीमसेनलाई यो १९ औं पटक पसिना आएको हो । यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ । भीमेश्वर शिलामा पसिना आएपनि राष्ट्रप्रमुखले क्षमापुजा गर्ने चलन छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *