प्रतिपक्षसँग प्रतिशोध साँध्न मनपरि अध्यादेश : देउवा

 ग्लोवल टि.भी.      शनिबार, बैशाख २५, २०७८      0
Prime Minister Sher Bahadur Deuba announces his resignation in Kathmandu, on Wednesday, February 15, 2018. Photo: Reuters

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन् ।

शनिवार संघीय संसद् भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले सरकार मनपरि ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ अघि बढेको बताए ।

उनले रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संवैधानिक प्रक्रिया नै अपूरो राखेको टिप्पणी गरे । ‘उपसभामुखको चुनाव अहिलेसम्म नगराई राखेर संवैधानिक प्रक्रिया अपूरो नै राखिएको छ’, उनले भने, ‘विरोधीलाई दुख दिनकै लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *