ग्लोबल टिभि
0
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन ठाकुर र महतो बूढानीलकण्ठ पुगेको जसपाका एक नेताले जनाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेनदिने विषयमा जसपा भित्र दुई धार छ । ती मध्ये ठाकुर प्रधानमन्त्री ओलीको पक्षमा र उपेन्द्र यादव विपक्षमा छन् ।
जसपा भित्र ठाकुर अल्पमतमा छ । यद्यपी तठस्थ बस्ने वा विस्वासको मत दिने भन्ने विषयमा देउवासँग थप छलफलका लागि ठाकुर र महतो बूढानिकण्ठ पुगेको स्रोतले जनाएको छ ।
Post Views: 1,469
Leave a Reply