फेरि प्रधानमन्त्री हुने सम्भावना जीवितै
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाए यही सरकारको निरन्तरता हुनेमा कुनै दुईमत छैन । तर, जसपा लगाएत आफ्नै पार्टीका सांसदले समेत विश्वासको मत नदिने देखिएपछि सरकार ढल्ने निश्चितजस्तै भएको छ । यो अवस्थामा ओलीले सोमबार साँझ नै राजीनामा दिएर अर्को सरकार गठनका लागि बाटो खुला गर्ने नीति लिएका छन् ।
ओली राष्ट्रपतिले ठुलो दलको हैसियतमा आफूलाई नै प्रधानमन्त्री नियुक्त गर्ने र एक महिनाभित्र विश्वासको मत लिने सोचका साथ अघि बढेका छन् ।
यसमा पनि असफल भए संसद्मा कुनैपनि दलको बहुमत पुग्ने अवस्था नहुने र यही सरकारले निर्वाचन गराउने योजना ओलीको रहेको बालुवाटार निकट स्रोतको दावी छ ।
यसअघिको संसद् विघटनको प्रक्रियातर्फ नै अघि बढ्ने योजनामा छन् । विश्वासको मत गुमेपछि ओली प्रधानमन्त्रीबाट स्वतः पदमुक्त हुने र संविधानको धारा ७६ को ३ अनुसार ठुलो दलका नेताका रुपमा फेरि प्रधानमन्त्री हुने बाटो कायमै रहनेगरी तयारी भइरहेको स्रोतको भनाई छ ।
Leave a Reply