ग्लोबल टिभि
0
मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माए ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कस्को कारण आयो भन्दै प्रश्न गरेका छन् ।
विश्वासको मतमाथिको छलफलमा भाग लिँदै देउवाले जनताले वाम गठबन्धनलाई झण्डै दुईतिहाई मत दिएको उल्लेख गर्दै तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरे ।
देउवाले वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप पनि लगाए । उनले प्रधानमन्त्रीलाई प्रश्न गरे–मानिस दुनियाँबाट भाग्न सक्छ, आफैबाट भाग्न सक्दैन ।
यो अवस्था तपाईले सिर्जना गर्नुभएको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ? उनले कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार भएको, व्यापारिक घरानालाई पोस्नका लागि नेपाली जनताको ज्यान जोखिममा पारिएको आरोपसमेत लगाए ।
Post Views: 1,083
Leave a Reply