कांग्रेस पदाधिकारी बैठक बस्दै

विपक्षसँग पनि आजै परामर्श

 ग्लोबल टिभि      मङ्लबार, बैशाख २८, २०७८      0
फाइल फोटो

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदकाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो तीन बजेका लागि देउवा निवास बूढानीलकण्डमा पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको सभापति देउवाका प्रेस सल्लाहकार भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीलाई विश्वासको मतदानका क्रममा संसदमा भएका राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने एक नेताले बताए । विश्वासको मदतानका क्रममा जसपाका एक पक्ष तटस्थ बसेपछि ठाकुरलाई मनाउने विषयमा बैठक केन्द्रीत हुनेछ ।

नयाँ सरकार गठनका लागि जसपा नै निर्णायक भएपछि जसपालाई जसरी पनि मनाएर अगाडि बढ्ने देउवाको रणनीति छ ।

विपक्षसँग पनि छलफल

पदाधिकारी बैठक लगत्तै कांग्रेसले आजै विपक्ष दलहरुसँग परामर्श गर्दैछ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका माधवकुमार नेपाल पक्षका नेताहरु सहभागी हुने स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिन भित्र बहुदलिय नयाँ सरकार गठन गर्न आव्हान गरेकी छन् । संविधानको धारा ७६(२) अनुसार बहुमतीय सरकार गठनका लागि दिएको समयसीमा विहीबार सकिदै छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *