गण्डकीमा बनेन बहुमतको सरकार, फेरि गुरुङ नै मुख्यमन्त्री बन्ने

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २९, २०७८      0

काठमाडौँ : गण्डकी प्रदेशमा बहुमत सरकार गठन गर्ने काँग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको प्रयास असफल भएको छ ।

राष्ट्रिय जनमोर्चाका दुई सांसदले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी वक्तव्य दिएपछि सत्ता समीकरण नयाँ मोडमा पुगेको हो ।

काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेको केहीबेरमै राष्ट्रिय जनमोर्चाका २ सांसदले आफूहरु कुनै गठबन्धनमा नरहेको भनी विज्ञप्ति निकालेका थिए । सांसदहरु कृष्ण थापा र खिमविक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहेको बताएका छन् ।

बहुमतको सरकार गठन गर्ने समय सकिएकाले प्रदेश प्रमुख सीता पौडेलले ठूलो दलको नाताले एमालेलाई नै सरकार गठन गर्न आह्वान गरेकी छिन् । यससँगै पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *