फेरि ओली नै प्रधानमन्त्री, वैकल्पिक सरकार गठनमा पछि हटे काँग्रेस–माओवादी

 ग्लोबल टिभि           0

काठमाडौँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनमा दाबी नगर्ने भएका छन् ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा नदिने भएपछि दुवै दल नयाँ सरकार गठनको दाबी नगर्ने निष्कर्षमा पुगेका हुन्।

सरकार गठनमा बहुमत पुर्याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको छ ।

बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *