पुन : प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथग्रहण आज दिउँसो

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ३१, २०७८      0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमालेको संसदीय दलको नेताको हैसियतमा राष्ट्रपतिबाट ओली प्रधानमन्त्रीमा पुन नियुक्त भएका थिए । विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा दाबीपेश नगरेपछि राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्रीमा पुन नियुक्त गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीले बिहीवार राती ओलीलाई संविधानको धारा ७२(३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा ाबढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीवार बेलुका ९ बजेभित्र नयां प्रधानमन्त्रीका लागि दावी पेश गर्न समयसीमा दिनु भएको थियो । बैशाख २७ गते तीन दिनको समयसीमा तोकेर राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दावी पेश गर्नु आव्हान गर्नु भएको थियो । उक्त समयसीमा भित्र नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले बहुमत सदस्यको दाबी पेश गर्ने कोशिस गरेपनि असफल भएपछि ओली नै पुन प्रधानमन्त्री बन्न सफल भए ।

प्रधानमन्त्री ओलीको सपथ दिउँसो हुने छ भने अबको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *