अक्सिजन, आईसीयू बेड र खोपको तत्काल व्यवस्था मिलाउन सरकारसंग सभापति देउवाको आग्रह

 मित्रराष्ट्र र अन्तराष्ट्रिय समुदायसंग सहयोगको अपील

 ग्लोबल टिभि           0

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण बाहिर पुगको भन्दै सरकारलाई गंभीर बन्न आग्रह गर्नु भएको छ ।

शुक्रवार एक विज्ञप्ती जारी गर्दैै सभापति देउवाले कोरोना महामारी रोकथामका लागि अक्सिजन, आईसीयू बेड र खोपको उचित व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्नु भएको हो । देउवाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ “ म सरकारसंग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनगर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न माग गर्दछु ” ।

त्यस्तै सभापति देउवाले नेपालको यो कठिन अवस्थामा आवश्यक सहयोग गरिदिन मित्रराष्ट्र, अन्र्तराष्ट्रिय संघसंस्थाहरु र दातृनिकायहरुलाई आग्रह गर्नु भएको छ । साथै आम नागरिकलाई समेत स्वास्थ्य मापदण्ड पालना गरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न पनि देउवाको आग्रह छ ।

देउवाले आम काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संकटको घडीमा समस्यामा परेकाहरुलाई सक्दो सहयोग गर्न पनि अपील गर्नु भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *