ग्लोबल टिभि
शनिबार, जेष्ठ १, २०७८
0
काठमाडौँ : नेपाली काँग्रेसका नेता गगन थापाले केही दिन सबैथोक छाडेर मानव जीवनरक्षाका लागि लाग्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा भिडियोमार्फत नेता थापाले कोरोना महामारीबाट धेरै जीवन गुमाइसकेकाले अब केही दिन अन्त ध्यान दिन नहुने बताएका हुन् । कामना र प्रार्थनाले मात्रै जीवन जोगाउन सम्भव नहुने भन्दै उनले काम गरेरै देखाउनुपर्ने बताए ।
उनले इमान्दारितापूर्वक महामारीसँग लडिरहेकाहरुका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने सहयोग गर्न तयार रहेको उनले बताए। नेता थापाले असहमतिलाई केहीदिन थाँती राखेर महामारीविरुद्ध लड्नुपर्ने धारण राखेका छन्
Post Views: 1,299
Leave a Reply