ग्लोबल टिभि
0
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुरामा स्वास्थ्य सामाग्री पठाएका छन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जोखिम व्यवस्थापनका लागि पहिलो चरणमा स्वास्थ्य सामग्री पठाएको देउवाको सचिवालयले जनाएको छ ।
स्वास्थ्य सामग्री जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन् ।
सभापति देउवाको सचिवालयले पठाएका स्वास्थ्य सामग्रीमा बेड हाफ फोल्ड गर्न मिल्ने मेट्रेससहित १५ थान, बेडलकर १५ थान, आइभी स्टेण्ड १५ थान, पिपिई सेट एकसय थान, सर्जिकल मास्क पाँच हजार पिस र केही आवश्यक औषधि रहेको देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।
Post Views: 1,269
Leave a Reply