काठमाडौँ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना महामारीविरुद्ध लड्न कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिंहदरबारमा आइतबार बसेको बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई भनेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको समस्या स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगले महामारीविरुद्ध लगाउन आवश्यक रहेको बताए ।
स्वास्थ्य मन्त्रालयमातहत तथा प्रादेशिक र स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पताललाई एकीकृत ढंगले सञ्चालन गर्न केही कानून चाहिएको उनले बताए । उनले खरिद प्रक्रियामा पनि समस्या रहेको बताए।
परराष्ट्रमन्त्री ज्ञवालीले यस्ता कामका लागि कानूनी प्रबन्ध गर्नुपर्ने महशुस भएको बताए । स्वास्थ्य संकटकालबारे पनि छलफल भइरहेको भन्दै उनले जानकारी दिए
Leave a Reply