प्रधानमन्त्री ओलीको सपथविरुद्ध सर्वोच्च अदालतमा चार रिट

 ग्लोवल टि.भी.      सोमवार, जेष्ठ ३, २०७८      0

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चार वटा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत र अधिवक्ता राजकुमार सुवालले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । यस्तै अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले छुट्टाछुट्टै रिट दर्ता गराएका छन् ।

प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिलेको भन्दा फरक परेको भन्दै बदर गराउन माग गर्दै रिट दायर भएको हो । फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *