प्रि बजेटमाथि छलफल चलाउन सकिँदैन : संसद् सचिवालय

 ग्लोबल टिभि      सोमवार, जेष्ठ ३, २०७८      0

काठमाडौँ : संघीय संसद् सचिवालयले प्रि–बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल चलाउन नसकिने जानकारी दिए ।

प्रवक्ता पाण्डेले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने बताए । बजेट अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ, तर सरकारले अहिलेसम्म बजेट अधिवेशन आह्वान गरेको छैन ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *