स्थापनाको दुई बषमै एकीकृत समाजवादीको भविष्य संकटमा

कैलाश कठायत

 ग्लोबल टिभि      शुक्रबार, अशोज ५, २०८०      0

असोज ५ – नेकपा एमालेबाट फुटेर नया पार्टीका रुपमा स्थापना भएको दुई वर्षमै नेकपा एकीकृत समाजवादी बिभाजनको संघारमा पुगेको छ । पुर्वप्रधानमनत्री समेत रहेका पार्टीका दुई ठुला नेता अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालका बिच आरोप प्रत्यारोप चलिरहेको छ । दुई ठुला नेताको आपसी मतभेद र घोचपेचले कार्यकर्ता तहमा भने निराशा छाएको छ ।

अन्तर पार्टी निर्देशन (अपानि)ले विवाद चर्किएका बेला नेकपा एकीकृत समाजवादीभित्र शिर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल आमने सामने भएका छन । नेपाल र खनालका सार्बजनिक भाषणहरु आरोप प्रत्यारोपमा केन्द्रित हुन थालेका छन । केहि दिन अघि सम्मानित झलनाथ खनालले पार्टीमा एकलौटि गरेको आरोप लगाउदै अध्यक्ष नेपालमाथी आक्रोश पोखेका थिए ।

झलनाथलाई काउण्टर दिदै अध्यक्ष नेपालले पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् । पार्टीभित्र अनेकौँ समस्याहरू हुने भन्दै नेपालले समस्याहरू पार्टीले नै हल गर्ने उनले बताएका छन् ।

केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरूको कार्यविभाजन गरेका थिए । कार्यविभाजनप्रति खनालसहित अन्य नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । सोही प्रसंगलाई लिएर नेपालले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताएका हुन् । यता सम्मानित नेता झलनाथ खनालले भने पार्टीको सिद्धान्तकै बारेमा समेत प्रश्न उठाइरहेका छन् । प्रधान सत्रु कुन दल हुने भन्ने विषयमा समेत दुई नेताको फरक मत रहेको छ । एमसीसीदेखि सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा समेत नेताहरुका बिचमा फरक मत देखिएको छ । यसले नेकपा एकीकृत समाजवादी विभाजनतर्फ अघि बढेको आँकलन गरिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *