ग्लोबल टिभि
0
काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधवार चार मन्त्री नियुक्त गरेका हुन् ।
आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरूङतथा विनाविभागीय मन्त्री रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले सपथ लिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारै मन्त्रीलाई सपथ खुवाइन्।
उनले पुनः मनाङेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन् । उनी बाहिर रहेकाले कार्यक्रममा अनुपस्थित रहे ।
अघिल्लो कार्यकालमा आफू संकटमा परेपछि मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए ।
हाल आठ मन्त्रालय रहे पनि पुनः फुटाएर १० वटा पुर्याउन लागेको बताइएको छ ।
Post Views: 1,215
Leave a Reply