विपक्षी गठबन्धन प्रतिनिधिसभा विघटनविरुद्ध भोलि सर्वोच्च अदालत जाने

 ग्लोबल टिभि           0

काठमाडौँ : विपक्षी दलहरूको गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् ।

विपक्षीदलहरूले आइतबार समय अपुग भएकाले सोमबार बिहान सर्वोच्च अदालत जाने बताएका हुन् ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद् विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दाबी वैधानिक रहेको जिकिर गरिएको छ । देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी प्रतिनिधिसभाको अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *