प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २५ रिट

 ग्लोबल टिभि           0

काठमाडौँ : प्रतिनिधिसभा विघटनको कदमको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा २५ रिट परेको छ ।

काठमाडौँ सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले प्रतिनिधिसभा विघटनविरुद्धमा आइतवार २५ रिट आएको जानकारी दिए । दर्ता हुने नहुने भन्ने निर्णय भने सोमवार हुने उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिशमा गत शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसअघि पुस ५ गते प्रधानमन्त्री ओलीकै सिफारिसमा राष्ट्रपतिले पहिलोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर असंवैधानिक भन्दै सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *