सक्रियता बढाउदै ज्ञानेन्द्र, ओलीले दिए दनक, प्रचण्ड देखिन्छन् मख्ख !

 ग्लोबल टिभि           0

माघ १५ – नेपालमा २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको १५ वर्ष बित्यो । तर बर्तमान राजनीतिक नेतृत्व प्रती जनताको असन्तुष्टि थप चुलीदो छ । यहि बेला पुर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता ह्वात्तै बढेको छ । पुर्वराजा ज्ञानेन्द्रको सक्रियताले राजावादीमा उत्साह थपेको छ । राजनीतिक दलका नेताहरु भने उनको सक्रियतालाई लिएर बिभिन्न टिप्पणीहरु गरीरहेका छन् ।

पुर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता आजभोली ह्वात्तै बढेको छ । उनि राजनीतिक भेटघाटमा ब्यस्त मात्रै छैनन्, सार्बजनिक मञ्चबाटै देशको चिन्ता गरीरहेका छन्। समसायीक राजनीतिक बिषयमा पनी पूर्वराजा शाहको अभिब्यक्ती आउन थालेको छ, आजकल । केहि दिन अघि बिरगञ्जमा भएको कार्यक्रममा उनले दरबार हत्याकाण्डको विषयमा प्रतिक्रिया दिए । दरबार हत्याकाण्डमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारको बारेमा नकारात्मक भ्रम फैलाइएको गुनासो गरेका पूर्वराजा शाहले गणतन्त्रले जनतालाई थप निरास बनाएको टिप्पणी गर्न थालेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले सार्बजनिक रुपमै राख्न थालेको व्यवस्था प्रतिको चासो अनि अभिब्यक्तीले यता, गणतन्त्रबादी दलका नेताहरुलाई भने पिरोलेको छ । यो मामिलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अगाडी देखिएका छन्। ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं नाम मात्रको राजा मात्र बनाइएको बताएका छन् ।

त्यसोत पुर्वराजाको सक्रियताले अहिले राजावादीहरु उत्साहित छन्। खासगरी राजतन्त्रको हिमायती बताउने राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ का नेताहरु पुर्वराजाको गुणगान गाईरहेका छन्। बर्तमान राजनीतिक नेतृत्वप्रती जनतामा चरम निरासा बढ्दा राजावादीहरु सक्रिय बन्दैछन । पुर्वराजाको सक्रियता र राजावादीहरुको उत्साहलाई लिएर नेपालमा राजतन्त्र फर्किहाल्छकी भन्ने बुझाई धेरैको छ । तर विश्लेषक डा. प्रेम शर्मा राजतन्त्र फर्किने कल्पना समेत गर्न नसकिने बताउछन् ।

पुर्वराजा ज्ञानेन्द्र अहिले तराइका जिल्लामा नागरिक अभिनन्दन थाप्न ब्यस्त छन् । देशदौडाहाको यहि बाहानामा उनले फेरी राजतन्त्रको अचित्य रहेको, नागरिक राजाको पक्षमा खुल्न थालेको माहौँल बनाउन खोजेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *