ओली सरकार र विद्या भण्डारीले नहुने काम गरेः सभापति देउवा

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्दा निर्दलीय अभ्यास नभएको दाबी गरेका छन् । नेपाल प्रेस युनियनका ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै देउवाले निर्दलिय अभ्यास नभएको दावि गरे ।

देउवाले भने, ‘विरोधीहरुलाई संविधान पढ्न आग्रह गर्दै धारा ७६ को ५ मा कुनै पार्टी भनेको छैन । प्रतिनिधिसभा सदस्य भनेको छ ।’
यस्तै उनले आफूले बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेस गर्दा पनि राष्ट्रपतिले संसद विघटन गरेर गर्न नपर्ने काम गरेको बताए ।

‘अदालत स्वतन्त्र न्यायपालिका हो । संविधानको माथिको हस्तक्षेप रोक्ने हाम्रो विश्वास छ । ओली सरकार र विद्या भण्डारीले नहुने काम गर्नुभएको छ । यसलाई न्यायालयले रोक्नेमा पुर्ण विश्वास छ ।’ उनले भने ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *