नयाँ ब्यस्थापन आए लगत्तै किन छोडे डा. चन्दा सहित ११ चिकित्सकले केएमसी

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक २८, २०७७      0

काठमाडौं—काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) की प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीसहित ११ जना चिकित्सकले पदबाट राजीनामा दिएका छन् । २१ वर्षदेखि काठमाडौं मेडिकल कलेजसँग आवद्ध रहेकी प्रा.डा. कार्कीले मंसिर १ गतेबाट लागु हुने गरी राजीनामा दिएकी हुन् ।

नयाँ व्यवस्थापन भित्रिएसँगै उनले पदावधि ६ महिना बाँकी छदैं पदबाट राजीनामा दिएकी हुन् । उनी काठमाडौं मेडिकल कलेजको ४ वर्ष प्रमुख कार्यकारी अधिकृत र पछिल्ला ८ वर्षदेखि प्रिन्सिपलका रुपमा कार्यरत थिइन् । बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ कार्की काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको कर्मचारीका तर्फबाट सञ्चालक समेत हुन् ।

प्रा.डा. कार्कीसँगै कर्मचारीका तर्फबाट सञ्चालक रहेका मेघराज खड्काले पनि राजीनामा दिएका छन् । मेडिकल कलेजका चर्चित चिकित्सकहरु पनि धमाधम राजीनामा दिन थालेका छन् । जसमा बरिष्ठ फिजिसियन प्रा.डा. अर्पणा न्यौपाने, बरिष्ठ बालरोग विशेषज्ञ डा. पुष्पराज शर्मा, बरिष्ठ साइक्याट्रिक प्रा. डा. सुदर्शनराज प्रधान, छाला रोग विशेषज्ञ डा. रुपक विश्वकर्मा र डा. गोविन्द पोखरेल, रेडियोलोजिष्ट डा. सुजन पन्त, डा. लभिका शाक्य र डा. स्मृति मुल्मीले पनि राजीनामा दिएका छन् ।

यस्तै, बरिष्ठ सर्जन डा. दिपकराज सिंहले पनि पदबाट राजीनामा दिएका छन् । काठमाडौंका मेडिकल कलेज स्रोतकाअनुसार उनीहरु सबैको राजीनामा स्वीकृत भइसकेको छ । भर्खरै एनेस्थेसियाका चिकित्सक डा। बाबुराजा श्रेष्ठ पनि राजीनामा दिएका छन् ।

तर, उनको राजीनामा स्वीकृत भइनसकेको बताइएको छ । केएमसी स्रोतकाअनुसार नयाँ व्यवस्थापन आएपछि प्रशासनतर्फका ३० भन्दा बढी कर्मचारीले राजीनामा दिइसकेका छन् । नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले केएमसीको बहुमत सेयर खरिद गरेसँगै पुराना चिकित्सक र कर्मचारीमा असन्तुष्टि चुलिएको थियो । सोही कारण उनीहरुले राजीनामा दिएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *