ग्लोबल टिभि
सोमवार, जेष्ठ १७, २०७८
0
लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराही उपमहानगरपालिका स्थित कर्मचारी मिलनकेन्द्रमा सोमबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मत हालेसँगै मतदान प्रारम्भ भएको हो । मतदानको समय दिउँसो ३ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा (एमाले) प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र)ले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उमेद्वार हुन् ।
Post Views: 1,524
Leave a Reply