ग्लोबल टिभि
0
गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले दोस्रोपटक कारबाही गर्दै पदमुक्त गरेको छ । बिहीबार ह्वीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले ह्वीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसेर ह्वीप उल्लंघन गरेका थिए ।
अध्यक्ष केसीले शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले थापालाई कारवाही गर्दै पार्टी सदस्य र सांसद समेत नरहने गरी कारवाही गरेको जानकारी दिए ।
Post Views: 1,686
Leave a Reply