सिरहा गोली काण्ड: तीन जना पक्राउ

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ ३०, २०७८      0
सिरहाको मिर्चैयामा औषधि व्यवसायी रामसागर साफीमाथि गोली प्रहार घटनामा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिइएको छ । घटनामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटना अनुसन्धानकै क्रममा रहेकाले अनुसन्धानमा असर पर्ने हुँदा नियन्त्रणमा रहेकाको नाम अहिले सार्वजनिक गर्ने नमिल्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले बताए ।
शनिबार साँझ पौने ८ बजेतिर बत्ती गएको मौका छोपी पैदलै आएको अज्ञात समूहले औषधि पसलमै बसिरहेका ४० वर्षीय साफीमाथि गोली प्रहार गरी फरार भएका थिए । स्थानीय साफी पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका–५ कटारी चोक र थाना चोकबीचमा रहेको सिद्धि मेडिकोका सञ्चालक हुन् ।
गोली उनको वायाँ हात र तिघ्रामा लागेको छ । शनिबारै साँझ मिर्चैयास्थित अस्पताल मङ्गलम हेल्थ केयर प्र.लि. मिर्चैयामा थप उपचार हुदैछ । उनको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
सम्पतीको विवादका कारण आफन्तबटै अक्रमण भएको हुनसक्ने घाइतेका परिवारजनको आशंका छ । उनीमाथि यसअघि पनि आक्रमणका घटना भएका छन् । यसैकोणबाट अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *