एनपिएलको अवलोकनका लागी बिश्व क्रिकेटका हस्ती ब्रायन लारा नेपाल

 ग्लोबल टिभि      शुक्रबार, मंसिर २८, २०८१      0

मंसिर २८- वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् ।

फ्लाइ दुबईबाट अहिले बिहान लारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनै आजै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि कीर्तिपुरस्थित टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनले ५ ओभर एनपिएलको कमेन्ट्री गर्ने बताइएको छ । लारा ३ दिन नेपाल बस्ने क्यानले जानकारी दिएको छ ।

ट्रिनिडाड एन्ड टोबागोका महान ब्याटर ५५ वर्षे लाराले ओडिआइ र टेस्ट क्रिकेट दुवैमा १० हजार भन्दा बढि रन बनाएका छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *