बाढी पहिरोमा परी ६ जनाको मृत्यु, २७ जना बेपत्ता

 ग्लोबल टिभि      बिहिबार, असार ३, २०७८      0

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी सिन्धुपाल्चोकमा २, डोटी, पाल्पा, कास्की र बाजुरामा १–१ गरी ६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा ६६, कास्कीमा १, पाल्पामा १ र स्याङजामा १ जना गरी ६९ जनालाई प्रहरीले उद्दार गरेको छ । बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा १७, जाजरकोटमा ७, बाजुरा , प्युठान, अर्घाखाँची र गोरखामा एक–एक जना गरी २७ जना वेपत्ता छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै, बाढी–पहिरोबाट सिन्धुपाल्चोकमा ४, डोटीमा २, कास्कीमा १ र स्याङजा १ जना गरी ८ जना घाइते भएका छन् । भारी वर्षाका कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवरलपरासी पश्चिम लगायतका स्थानहरुमा सडक अवरुद्ध भएका छन् । अहिलेसम्म १ सय ६५ वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ । ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यलयमा क्षति पुगेको छ । ६२ घर परिवार विस्थापित भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *