प्रधानमन्त्रीले प्रश्नोत्तरको धज्जी उडाइदिनुभयो : प्रभु साह

 ग्लोबल टिभि           0

फागुन ४- आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफ्ना प्रश्नबाट भागेर प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी शासनको उपहास गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साहले ओलीलाई विभिन्न ८ वटा प्रश्न गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीले ती प्रश्नहरूको जवाफ दिएनन् । बरु, उनले रोष्ट्रमबाटै आक्रोश पोखेका थिए । संसद्को उक्त घटनापछि संसद् भवन परिसरमै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए ।

उनले आफूले नियमापत्ति गर्दा पनि सभामुख देवराज घिमिरेले बन्देज लगाएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य पनि आजबाटै सकिएको जिकिर गरे ।

सांसद साहले सोधेका प्रश्नहरू विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेको बताउँदै प्रधानमन्त्री ओलीले जवाफ दिएनन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *