ग्लोबल टिभि
शुक्रबार, असार ४, २०७८
0
काठमाडौँ : प्रमुख विपक्षी नेपाली काँग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेको हो । उसले लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूलाई समेटेर लग्ने बताएको छ । अहिले बनेको विपक्षी गठबन्धन देउवाकै नेतृत्वमा सरकार बनाउन भएको ठहर काँग्रेसले गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय पारित गरेको छ । काँग्रेसले साउन १२ गते वडा, साउन १६ गते गाउँपालिका÷नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।।
Post Views: 1,845
Leave a Reply