देशलाई भड्खालोमा पुग्नबाट बचाऔँ : नेता नेपाल

 ग्लोबल टिभि           0

काठमाडौँ : नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै बचाउन सबैलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दै नेता नेपालले संसद्, सरकार र पार्टीलाई तहसनहस पारेर गलत बाटो अँगाल्दाको परिणम देश, पार्टी र जनताले झेलिरहेको बताएका छन् ।

‘सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक–पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्‍याउँदैन र राम्रो परिणाम दिँदैन’, उनले लेखेका छन् ।

संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हुन उनले आग्रह गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *