ग्लोबल टिभि
0
अमेरिकाले इरान सरकारसंग सम्बद्ध ३ दर्जन भन्दा बढी समाचारसंग सम्बन्धित वेबसाइटहरुमा प्रतिबन्ध लगाएको छ । इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भएलगत्तै अमेरिकाले इरानी समाचार वेबसाइटलाई निशाना बनाएको हो ।
कट्टरपन्थी छवी भएका नेता रायसीको आगमनले इरानसँगको सम्बन्ध बिग्रन सक्ने अमेरिकाको अनुमान छ । प्रतिबन्ध लगाईएका वेवसाइटहरुले इरानद्धारा गरिएको कुनै पनि कामकारबाहीको दुष्प्रचार गर्ने गरेको पाइएको अमेरिकी अधिकारीहरुको दावी छ ।
प्रतिबन्धित वेवसाइटहरुमा इरानको सरकारी टेलिभिजन च्यानल, हुथी बिद्रोहीको अल मसीराह च्यानल र इरानको अरबी भाषाका टेलिभिजन च्यानल रहेका छन् ।
Post Views: 1,028
Leave a Reply