ग्लोबल टिभि
0
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको समायोजन र क्रियाशील सदस्यताको विवाद टुंग्याएरमात्रै उम्मेदवारीबारे कुरा गर्न उपसभापति विमलेन्द्र निधिलाई सुझाएका छन् ।
पौडेल निवास बोहोराटार पुगेका निधिलाई वरिष्ठ नेता पौडेलले समायोजन र सदस्यता विवाद समाधानमा गम्भीर हुन आग्रह गरेका हुन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति निधिले पछिल्लो समय नेताहरूसँगको छलफललाई तीव्रता दिएका छन् ।
निधिसँग निर्वाचनबारे कुनै छलफल नगरेको पौडेलले बताए ।
कांग्रेसले उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो ।
उक्त समितिको सिफारिसमा अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो । तर, महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतालाई लिएर तीव्र विवाद देखिएको छ ।
Post Views: 1,209
Leave a Reply