देशभरका १४ सडक -खण्ड अवरुद्ध , ४९ सडक एकतर्फी रुपमा सञ्चालनमा

 ग्लोबल टिभि           0

बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड अवरुद्ध भएको सडक विभागले जनाएको छ । ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन छन् ।
चितवनको नारायणघाट–मुग्लिङ सडक खण्ड अहिले बन्द भएको छ । चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ । डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ । तर, सडकमाथिबाट ढुङ्गा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह गर्दै आएको छ ।

यस्तै, पहिरोका कारण मकवानपुरबाट भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउने सडक पनि बन्द भएको छ । यस्तै ठोरी–भरतपुर–मुग्लिङ आँबुखैरेनी–गोरखा–घयाम्पेसल र आरुघाट– सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड पनि खुलेको छैन । यस्तै मनाङको डुम्रे बेसीसहर–चामे सडक खण्ड पनि ठाउँ–ठाउँमा बन्द छ ।

यसैगरि , मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा कतै पहिरो त कतै कटानका कारण सडकमा नोक्सानी पुगेको छ । यो सडक खण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *