धादिङमा पहिरोले ट्रक पुरिँदा दुई जनाको ज्यान गयो , तीन जना घाइते

 ग्लोबल टिभि           0

धादिङ  : धादिङमा पहिरोमा ट्रक पुरिँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा खसेको पहिरोले चारवटा गाडीमा क्षति पुगेको छ ।

पहिरोले क्षति पुर्याएका चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।दुई वटाको नम्बर खुलेको छैन ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ का १८ वर्षका वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेकी भारत घर भएकी ४३ वर्षकी सोनी देवीको ज्यान गएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *