काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुगेका थिए । सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
सो क्रममा प्रधानमन्त्रीले राजनीतिक घटनाक्रमका कारण आफूले समयमा विप्लवको माग सम्बोधन गर्न नसकेको भन्दै अब शंका नगर्न आग्रह गरेका थिए । ‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा छलफल भएको हो । शान्ति प्रक्रियालाई अघि बढाउने भनेर नै गत फागुनमा सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको भन्दै आफूहरुको प्रश्न बन्दी रहेका नेता कार्यकर्ताको रिहाइ भएको बताएका हुन ।
Leave a Reply