जसपा खारेज गर्न माग राख्दै सर्वोच्च अदालतमा रिट

 ग्लोबल टिभि           0
फाइल फोटो

काठमाडौँ : संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले दुई पार्टीबीचको एकता खारेज गर्न माग गर्दै रिट दायर गरेका हुन् । उनले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानूनविपरीत भएकाले एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन् ।

रिटमा मुद्दा टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्यविभाजन, कारवाही आदिलाई यथास्थितिमा राख्न अन्तरिम आदेश पनि माग गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *