ग्लोबल टिभि
सोमवार, असार २८, २०७८
0
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको फैसलाले मुलुकको विधिका शासन स्थापना गरेको प्रतिक्रिया दिएका छन् ।
आफ्नै निवास बूढानीलकण्ठमा बधाइ दिन आएकाहरूलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् । फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचाएको देउवाको भनाइ छ । नयाँ सरकार गठनबारे विपक्षी गठबन्धनका नेताहरूसँग सल्लाह गरेर अघि बढ्ने बताए ।
सर्वोच्च अदालतले सोमवार देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
Post Views: 1,481
Leave a Reply