एमालेको कार्यदल विघटन, सरकारलाई विश्वासको मत नदिने

 ग्लोबल टिभि      शुक्रबार, साउन १, २०७८      0

काठमाडौँ : नेकपा एमालेले पार्टीभित्रका समस्या समाधानका लागि गठित कार्यदल विघटन पनि गरेको छ।

शुक्रवार बसेको स्थायी समितिको बैठकले कार्यदलले तयार पारेको प्रस्तावलाई रचनात्मक र सृजनात्मक ढंगले कार्यान्वयन गर्ने गरी अनुमोदन गर्ने निर्णय गरेको छ ।

‘पार्टीको समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार गरी बैठकसमक्ष प्रस्तुत गरेको प्रस्ताव ग्रहण र अनुमोदन गरिएको छ’, नेता प्रदीप ज्ञवालीले भने, उनले भने, ‘ यो प्रस्तावलाई सृजनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको छ।’

बैठकले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । अलोकतान्त्रिक र अस्वस्थ प्रतिस्पर्धाबाट सरकार गठन भएको निष्कर्ष निकाल्दै विश्वासको मत नदिने निर्णय गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *