ग्लोबल टिभि
शनिबार, कार्तिक १, २०७७
0
काठमाण्डौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोभिड महामारीलाई ध्यानमा राख्दै बिगत बर्षमा गरिने गरिएको शक्ति पिठहरुको पूजा अर्चना र बिजया दशमीको दिन टिका लगाउने कार्यक्रम यस पटक स्थगित गरेका छन् ।
पूर्व राजाको सचिवालयले आज एक सूचना जारी गरि यस्तो जानकारी दिएको हो ।
सूचनामा आस्था, मान्यता, मयार्दा र कर्तब्यशिलतालाई ध्यानमा राख्दै यस्तो निधो गरिएको जनाइएको छ ।
बिगतमा पूर्व राजाद्धारा बिभिन्न शक्तिपीठहरुको दर्शन र इच्छुक नागरिकलाई टीका लगाइदिने परम्परा थियो ।
Post Views: 1,346
Leave a Reply