नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फकाे मतकाे ५० प्रतिशत हिस्सा हुन्छ । त्याे समूहमा कुल १०५ मत खसेकाेमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । याे २४.७६ प्रतिशत भार हाे । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेकाे एशाेसियटमा ८९७ सदर मतमध्ये ढकालले ५२२ मत ल्याउँदा प्रधानले ३७५ मत ल्याए । याे १७.४६ प्रतिशत भार हाे । उता, २० प्रतिशत हिस्सा वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशाेर प्रधानले ३९ मत ल्याए । कुल २० प्रतिशतकाे भारमा ढकालका लागि याे १२.०४ प्रतिशत मतभार हुन अाउँछ । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ । यसमा ढकालले ५४.२६ मतभार प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेकाे ४५.७४ प्रतिशत मतभार प्राप्त गरे ।ढकालले सबै क्षेत्रको प्रतिनिधित्व गर्दै आफू निर्वाचनमा होमिएको बताउँदै सबैको मुद्दालाई साकार बनाउन लाग्ने समेत प्रतिवद्धता जनाए। उनले आफ्ना प्रतिस्पर्धी किशोरकुमार प्रधानलाई समेत समेटेर अगाडि बढ्ने संकेत गरे। ‘मेरो आदरणीय किशोर दाइ र मैले दिउँसो सँगसँगै भोट मागेका थियौं। अब मत परिणाम मेरो पक्षमा आए पनि हामी एकै ठाउँमा रहन्छौं,’ ढकालले भने।
निजी क्षेत्रको छाता सङ्गठन मानिने महासंको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो । महासंघको ५४औं वार्षिक साधारणसभामा ढकाल र प्रधान समूह दुई प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले प्रधान समूहलाई समर्थन गरेका थिए। गोल्छा आइतबारदेखि स्वत: अध्यक्ष भइसकेका छन्।
Leave a Reply