गण्डकी र लुम्बिनीमा फेरिए प्रदेश प्रमुख

 ग्लोवल टि.भी.      मङ्लबार, साउन १२, २०७८      0

काठमाडौँ : सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमानसिंह गुरुङलाई नियुक्त गरेकी हुन् । यस्तै लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचन नियुक्त भएका छन् ।

मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन् ।

माओवादी केन्द्रका नेता शेरचन यसअघि गण्डकीका प्रदेश प्रमुख थिए । अघिल्लो सरकारले उनलाई गत वैशाख २० गते हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो । लुम्बिनीका प्रदेश प्रमुख यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

गण्डकीका प्रदेश प्रमुख नियुक्त भएका गुरुङ चितवनका काँग्रेस नेता हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *