‘कोरोनाको तेस्रो लहर आउँदैछ, लापरबाही बढ्दैछ’

 ग्लोवल टि.भी.      मङ्लबार, साउन १२, २०७८      0

काठमाडौँ : चिकित्सकहरूले कोरोना संक्रमणको तेस्रो लहर आउन लागेको भन्दै १४ वर्षभन्दा माथिका सबैैलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

काठमाडौँमा मंगलवार आयोजित कार्यक्रममा चिकित्सकहरूले कोरोना महामारीले भयावह अवस्था निम्त्याउने भन्दै तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । उनीहरूले एक महिना भित्रै तेस्रो लहर आउन सक्नेतर्फ सचेत रहन आग्रह गरे।

वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षितले तत्काल सबै नागरिकलाई खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरे । ‘१४ वर्ष माथिका सबै नागरिकलाई सरकारले तत्काल कोरोना विरुद्धको खोपको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘कोरोनाको तेस्रो लहर नेपालमा आउने सम्भावना बढेर गएकोले त्यस्तो भयावह अवस्था आउन नदिन स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्छ ।’

चिकित्सक डा. सागर भण्डारीले नेपालमा एक महिना भित्रै कोरोनाको तेस्रो लहर आउन सक्नेतर्फ सचेत गराए । उनले तेस्रो लहरबाट जनतालाई बचाउन तीनै तहको सरकारले गम्भीर भएर स्वास्थ्य सुरक्षाका मापदण्डँगै खोपलाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिए ।

वरिष्ठ चिकित्सक डा. वासुदेव पाण्डेले कोरोनाविरुद्धको खोप नेपालमै उत्पादन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । ‘कोरोना खोप स्वदेशमा उत्पादन गर्ने व्यवस्था तत्काल गरौँ’, उनले भने, ‘नभए कोरोना महामारीको संक्रमण नेपालमा झनै बढेर जानसक्छ ।

चिकित्सकहरूले सरकारले निषेधाज्ञालाई खुकुलो बनाएका कारण कोरोना संक्रमणको दर बढ्न थालेको भन्दैै चिन्ता व्यक्त गरे । उनीहरूले सार्वजनिक यातायातका साधनमा भीड हुन थालेको भन्दै त्यसो हुन नदिन सरकारलाई सुझाव दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *