कोरोनाको बिषयमा श्रीलंकाको जेलमा झडप,८ जनाको निधन

 ग्लोबल टिभि      सोमवार, मंसिर १५, २०७७      0

श्रीलंकाको एक कारागारमा झडप हुँदा कम्तीमा ८ जना कैदीको मृत्यु भएको छ।

कारागारमा कोरोनाभाइरसका संक्रमित बढेपछि कैदीहरूले आन्दोलन गरेका थिए। अधिकारीहरूले आन्दोलन दबाउन खोज्दा झडप भएको रोयटर्सले जनाएको छ।

झडपमा ५० जनाभन्दा बढी घाइते भएका छन्।

बढी भीडभाड हुने कारागारमा संक्रमितहरू बढेपछि केही दिनयता कैदीहरूले परीक्षणको दायरा बढाउन माग राख्दै आन्दोलन गर्न थालेका थिए।

त्यस्तै संक्रमित कैदीहरूका लागि नयाँ आइसोलेशनको व्यवस्था समेत गर्न उनीहरूले माग गरेका थिए।

यसैबीच आइतबार अर्को कारागारबाट संक्रमित कैदीलाई कोलोम्बोको महारा कारागारमा लगिएको थियो। सोही कुरामा विवाद भएपछि कारागारमा झडप भएको थियो।

‘धेरै जसो मृत्यु र घाइते गोली हानेर भएका हो भन्ने हामी दाबीका साथ भन्न सक्दैनौं,’ वरिष्ठ प्रहरी अजित्थ रोहानाले भने।

झडप भएपछि सयौं प्रहरीहरू खटाइएका थिए। घाइतेहरूको उपचार रागामा अस्पतालमा भइरहेको छ।

‘महारा कारागारका घाइतेहरू प्राय: जसो गम्भीर थिए,’ रागामा अस्पतालका निर्देशक शेल्टन पेरेराले भने।

जोन हपकिन्स युनिभर्सिटीको तथ्यांकका अनुसार श्रीलंकामा अहिलेसम्म २२ हजार ९ सय ८८ संक्रमित छन्।

त्यसको संक्रमणबाट एक सय ९ जनाले ज्यान गुमाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *