प्रशासनको निर्देशनमा कांग्रेस बरिष्ठ नेता पौडल पक्राउ

 ग्लोवल टि.भी.      बुधबार, मंसिर १७, २०७७      0

तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

वरिष्ठ नेता पौडेलसंगै तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा वरिष्ठ नेता पौडेल तथा कार्यबहाक सभपाति आलेलाई नियन्त्रणमा लिएको छ भने कांग्रेस कार्यकर्तामाथि लाठी प्रहार गरेको छ ।
पौडेलले ट्वीट गर्दे प्रहरी परिचालन गरि आँफूलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

Image

Image

 

Imageप्रहरी घेरामा रामचन्द्र पौडेल।

No description available.

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *