ग्लोबल टिभि
बुधबार, मंसिर १७, २०७७
0
दमौलीः कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ । पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएका छन् ।
अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन् । यसबारे थप रणनीति तय गर्ने कांग्रेसले जनाएको छ ।रिहा भएपछि वरिष्ठ नेता पौडेलले दमौलीस्थित नेपाली कांग्रेस जिल्ला समितिको कार्यालयमा पुगेर सम्बोधन गर्ने कार्यक्रम राखेका छन् ।
रिहा भए लगत्तै नेता पौडेलले भने – केपी ओली सरकारले सुनियोजित ढंगले नै मलाई पक्राउ गरेको हो । यो सरकार फासिजमतिर जान लागेकै हो । केपी ओली कहिल्यै पनि बहुदलका लागि लडेको मान्छे होइन । बीपीको आन्दोलनलाई पनि ओलीले सहयोग गरेको होइन ।
Post Views: 1,053
Leave a Reply