२४ घण्टामा थपिए १३ सय ४३ संक्रमित, थप २१ सय ११ जना संक्रमणमुक्त

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर १८, २०७७      0

काठमाडौं । नेपालमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगालामा गरिएको परीक्षणमा थप १३ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

त्यस्तै बिहीबार  थप २१ सय ११ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको छ ।
नेपालमा २ लाख २० हजार २ सय ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *