थप १२ सय ७२ जनामा संक्रमण, १५ सय ७५ संक्रमणमुक्त

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर १९, २०७७      0

काठमाडौं । नेपालमा थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २७२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको छ । क्वारेन्टाइन्मा ५३७ जना छन् भने आइसोलेसनमा १५ हजार ४४७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *