थपिए १ हजार १४ जना संक्रमित, १६ सय ६८ संक्रमणमुक्त

 ग्लोबल टिभि           0

काठमाडौं । नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार १४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा उपत्यकामा १८८ महिला र २५४ जना पुरुष गरी ४ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको छ ।

क्वारेन्टाइनमा ५२७ जना रहेका छन् भने आइसोलेसनमा १२ हजार ९४८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *